कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव « Khabarhub

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले  कृषिसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

‘मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ’, मुख्यमन्त्री यादवले भने, ‘त्यसैले दुई वर्षभित्र सम्पन्न हुनेगरी सिँचाइसम्बन्धी आयोजना अघि बढेका छन् ।’ 

सिँचाइसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई सहयोगका कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए । 

मधेस कृषिका लागि उर्बर भए पनि खेतीपातीका लागि आवश्यक संसाधन नहुँदा किसानले अपेक्षित उत्पादन लिन नसकेका मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउँदै किसानलाई सहयोग गर्नेमा केन्द्रित हुने उनले बताए।

सो अवसरमा मुख्यमन्त्री यादवले मधेसको शिक्षा र स्वास्थ्य अवस्था उक्साउन विशेष योजनाका साथ काममा लाग्न जरुरी रहेको उल्लेख गरे। यसैगरी प्रदेशकै मध्यमा पर्ने बर्दिबासबाट ढल्केबरसम्म पर्यटन पूर्वाधारका विशेष योजना बनाइने उनले जानकारी दिए । 

समारोहमा कार्यक्रम आयोजक महासङ्घ मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रम महासङ्घ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : ०६ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट