भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल « Khabarhub

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैली काम नगर्न निर्देशन दिएका छन । 

शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन । उनले चेतावनी दिएका छन्, ‘अब भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ।’

शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले जिम्मेवारीपूर्वक, नतिजामुखी र किसानमैत्री काम गर्न निर्देशन दिएका हुन्। 

उनले कर्मचारीहरूलाई लक्ष्य गर्दै भने, ‘म भाषण होइन, काम मन पराउँछु। कागजमै सीमित योजना र ढिलासुस्ती अब स्वीकार्य हुँदैन।’

मन्त्री पटेलले मधेस प्रदेश कृषिमा आधारित प्रदेश भएकाले यहाँका किसान गम्भीर समस्यामा रहेको बताए। मलखाद्य अभाव, सिँचाइको समस्या, उत्पादन लागत र बजार व्यवस्थापनजस्ता मुद्दामा कर्मचारीहरू अझै संवेदनशील नदेखिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘किसानका समस्या टार्ने होइन, समाधान गर्ने जिम्मेवारी तपाईँहरूको हो,’ मन्त्री पटेलले कडा शब्दमा भने, ‘झारा टार्ने काम मलाई मन पर्दैन, र अब त्यो चल्ने पनि छैन।’

उनले मधेस प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेश बनाउन कर्मचारीहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबैलाई दत्तचित्त भएर मैदानमा उत्रन निर्देशन दिए।

कार्यक्रममा प्रदेशको कृषि अवस्था, किसानका विद्यमान समस्या र चुनौतीबारे कर्मचारीहरूले मन्त्री पटेललाई ब्रिफिङ दिएका थिए।  ब्रिफिङपछि मन्त्री पटेलले समस्या थाहा पाएर पनि निष्क्रिय बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।

किसानलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह नदेखिए मन्त्रालयमै जवाफदेहिता खोजिने संकेत गर्दै मन्त्री पटेलले कर्मचारीहरूलाई अब परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ५९ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र