गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा « Khabarhub

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। 

नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याए। उनले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गरे।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे। उनले अहिले आफू फरक भूमिकामा रहेपनि पछि पुनःपर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाए। 

उनलाई आजै नेपाल पर्यटन बोर्डले सम्मान गरेको थियो । सो क्रममा मन्त्री श्रेष्ठले पर्यटन भनेको आगमन सङ्ख्याको गणना मात्रै नभई विश्वस्तरमा नेपालको सम्बन्ध विकास हो भने।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटनलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिए । 

उनले स्थानीय तहको सहभागितामा लाभ सुनिश्चित हुने मोडलको पर्यटन विकास आजको आवश्यकता भएको बताउँदै सांस्कृति पर्यटनको विकास र प्रवर्द्धन जरुरी भएको बताए।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सरकारले बोर्डलाई आवश्यक सहयोग नगरेको गुनासो गरे। कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गएको एक वर्षमा झण्डै ११ लाख ६० हजारको हाराहारीमा पर्यटक भित्रिएको जानकारी दिए । उनका अनुसार यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढी भएको पनि बताए।

कार्यक्रममा बोर्डले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स(नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यू एसोसिएसन र प्यासिफिक एसिया ट्राभल एसोसिएसनलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ५८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट