सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड « Khabarhub

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि भएको वर्ष बनेको छ । यो वर्ष सुनको मूल्यमा ६० प्रतिशत भन्दा बढीले वृद्धि भई प्रति औंस ४ हजार ५४९ डलर भन्दा माथिको ऐतिहासिक रेकर्ड कायम भएको भयो । 

यद्यपि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यो घटेर करिब ४ हजार ३१० डलरमा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि गत सोमबार प्रति औंस ८३.६२ डलरको कीर्तिमानी उचाइमा पुगेकोमा आज यतिबेलासम्म ७१ डलरको आसपासमा कारोबार भइरहेको छ ।

किन बढ्यो मूल्यवृद्धि

अमेरिकी फेडरल रिजर्भ बैंकले सन् २०२६ मा पुनः ब्याजदर घटाउन सक्ने अनुमानले पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको केहीले अनुमान गरेका छन् । विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरूले ‘सुरक्षित सम्पत्ति’ का रूपमा सुन र चाँदीलाई रोजेका छन् ।

मुद्रास्फीति सम्बन्धी चिन्ता, सेयर बजारको अस्थिरता र अमेरिका तथा बेलायतको उच्च सरकारी ऋणले पनि सुनको माग बढाएको केही बजारशास्त्रीहरूले विश्लेषण गरेका छन् ।

साथै, पछिल्लो समयमा विश्वभरका केन्द्रीय बैंकहरूले आफ्नो सञ्चितिमा सयौँ टन सुन थपेका छन् । जसको कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको अनुमान गरिएको छ । 

विश्व बजारमा चाँदीको मूल्य बढ्नुमा यसको औद्योगिक माग र आपूर्तिमा आएको कमी मुख्य कारण हो । विश्वको दोस्रो ठूलो चाँदी उत्पादक देश चीनले स्रोत र वातावरण संरक्षणको नाममा चाँदी, टंगस्टेन र एन्टिमोनीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

बजार विश्लेषकहरूले सुन र चाँदीको मूल्यमा सन् २०२५ मा भएको उच्च वृद्धिका कारण सन् २०२६ मा मूल्यमा केही गिरावट आउन सक्ने जोखिम रहेको औँल्याएका छन् । 

डोनाल्ड ट्रम्पको ट्यारिफ र आर्टिफिसिएल इन्टेलिजेन्सको क्षेत्रमा आउन सक्ने उतारचढावले लगानीकर्ताहरूलाई अझै पनि सुन र चाँदीतर्फ आकर्षित गरिरहन सक्ने पनि अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : १० बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा