समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ « Khabarhub

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोगबापतको सबै बक्यौता उठाइने बताएकी छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको संरचनाको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जग्गा, भवन र स्टल प्रयोगबापतको बक्यौता बाँकी रहेको पाइएकाले छिटो भन्दा छिटो बक्यौता उठाइने बताएकी हुन् ।

व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिने भन्दै उनले बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले सो क्षेत्रको भाडादर सम्झौता नवीकरणका क्रममा समयसापेक्ष बनाइने जानकारी दिइन् । 

उनले सो क्षेत्रका देखिएका समस्याहरूलाई पनि संरचनात्मक सुधारमार्फत समाधान गरिने जिकिर गरिन् । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ५६ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई