समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ « Khabarhub

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोगबापतको सबै बक्यौता उठाइने बताएकी छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको संरचनाको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जग्गा, भवन र स्टल प्रयोगबापतको बक्यौता बाँकी रहेको पाइएकाले छिटो भन्दा छिटो बक्यौता उठाइने बताएकी हुन् ।

व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिने भन्दै उनले बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले सो क्षेत्रको भाडादर सम्झौता नवीकरणका क्रममा समयसापेक्ष बनाइने जानकारी दिइन् । 

उनले सो क्षेत्रका देखिएका समस्याहरूलाई पनि संरचनात्मक सुधारमार्फत समाधान गरिने जिकिर गरिन् । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली