वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया « Khabarhub

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी चिकित्सा क्षेत्रमा दुर्लभ उपलब्धि हासिल गरेको छ ।

कोटेश्वर–३२ निवासी ती वृद्धालाई चार दिनदेखि अचेत अवस्थामा आपतकालीन कक्षमा भर्ना गरिएपछि जटिल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती वृद्धा केही समयदेखि पटक–पटक लड्ने र चेतनास्तर घट्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । सुरुमा परिवारले यसलाई सामान्य कमजोरी र उमेरको असर ठाने पनि दुई दिनसम्म लगातार अचेत भएपछि अन्य अस्पताल हुँदै वीर अस्पताल ल्याइएको थियो ।

विस्तृत जाँच तथा परीक्षणपछि उहाँको मस्तिष्कमा ठूलो मात्रामा रक्तस्राव (सबड्युरल हेमरेज) भएको पत्ता लागेको थियो । अत्यन्त उच्च उमेरका कारण मस्तिष्क शल्यक्रिया चिकित्सकीय र नैतिक दुवै दृष्टिले चुनौतीपूर्ण रहेको अस्पतालले जनाएको छ ।

न्यूरोसर्जरी विभागको टोलीले बिरामीको अवस्था र जोखिमबारे परिवारसँग विस्तृत छलफल तथा परामर्शपछि सामूहिक निर्णय गर्दै शल्यक्रिया गर्ने निर्णय गरेको थियो। शल्यक्रिया सफलतापूर्वक सम्पन्न भई हाल बिरामी होसमा फर्कनु भएको, बोल्न सक्ने अवस्थामा रहेको तथा आफैं खाना खान सक्ने अवस्थामा पुगेको अस्पतालले जानकारी दिएको छ ।

उक्त शल्यक्रिया प्रा. डा. राजीव झाको नेतृत्वमा डा.समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली, नर्स सिन्दु गौतम तथा अन्य स्वास्थ्यकर्मीहरूको टोलीले सम्पन्न गरेको हो । अस्पतालका अनुसार १०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र यस्ता घटनाहरू सीमित मात्रामा अभिलेखमा छन् ।

वीर अस्पतालको न्यूरोसर्जरी विभागले यस सफलताले उमेरको सीमा नहेरी समर्पित सेवा, सहकार्य र सूक्ष्म निर्णय प्रक्रियाबाट जटिल उपचार सम्भव हुने सन्देश दिएको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : २७ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई