जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजनन्द माण्डव्यले सहिद भएका युवाका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।

यसै अवसरमा प्रतिष्ठानले १३औँ राष्ट्रिय पोशाक तथा अन्तरराष्ट्रिय टोपी दिवसको पूर्वसन्ध्यामा ढाका टोपीको प्रतिमा पनि स्थापना गरेको छ । नेपाली पहिचान, संस्कृति तथा परम्परागत महत्व उजागर गर्ने उद्देश्यले उक्त प्रतिमा स्थापना गरिएको अध्यक्ष माण्डव्यले बताए ।

साथै बिहीबार नेपाली पहिचान झल्किने गरी राष्ट्रिय पोशाकमा कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : १९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी