राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह « Khabarhub

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वय गर्दै राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वयबिना समस्या समाधान हुन नसक्ने भएकाले एकीकृत रूपमा अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यानाकर्षण गराइन् । टनेल रेस्क्यु प्रविधि, आवश्यक आधुनिक उपकरण तथा दक्ष जनशक्तिसहितको विशेष उद्धार टोली तत्काल कार्यक्षेत्रमा परिचालन गरिनुपर्ने उनले बताइन् । 

उनले फेला परेका शवहरूको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइन् । कुनै व्यक्ति वा अपरिचित संस्थामार्फत हुने अव्यवस्थित राहत वितरण स्वीकार्य नहुने भन्दै संस्थागत र पारदर्शी प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ । 

त्यस्तै राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई प्रतिपक्षीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे । 

गृहमन्त्री आफैँ फिल्डमा खोजतलास र टनेलमा अल्झिनुभन्दा सुरक्षा निकायहरूसँग समन्वय, विदेशी संघ–संस्थासँग सहकार्य, र राहत सामग्रीको प्रभावकारी व्यवस्थापनमा केन्द्रित हुनुपर्ने उनले बताए । 

उनले  घाइतेहरूको उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र घरबार गुमाएका प्रभावित नागरिकहरूको उचित बसोबास तथा पुनस्र्थापनाको व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले अहिलेको चूनौति सामना गर्न राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई सुझाव दिए । त्यस्तै उनले बेपत्ताको खोजी, नागरिकको उद्दार र राहतलाई प्रभावकारी बनाउन राज्यका सवै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
 

उनले पुनर्निर्माण र पुनस्र्थापनाका लागि नोक्सानी तथा आवश्यकताको सही र यथार्थ तथ्याङ्क संकलन गर्नुपर्ने धारणा राखे । 

विस्थापित समुदाय तथा परिवारहरूलाई भविष्यमा आउन सक्ने विपद्बाट सुरक्षित हुने गरी एकीकृत बस्ती निर्माण गरेर व्यवस्थित पुनस्र्थापना गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : ३४ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था