राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।  

मंगलबार बसेको बैठकले विनाशकारी बाढीमा ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण रशोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको हो । 

विशेष प्रस्तावमा बेपत्ता/सम्पर्कविहीनहरूको तीव्र खोजी तथा प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था, वैज्ञानिक विधिबाट शवहरूको पहिचान तथा व्यवस्थापन र प्रभावित परिवारलाई प्रभावकारी राहत तथा पुनर्स्थापना गर्न ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारबीच सघन समन्वयका साथै नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारीका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए

त्यसअघि बैठकमा राष्ट्रियसभा अध्यक्ष दाहालले घाइतेहरूको शीघ्र निःशुल्क उपचारको व्यवस्था गर्न र सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्न सम्पूर्ण स्रोत, साधन, प्रविधि र जनशक्ति अधिकतम परिचालन गर्न सुझाव दिए । 

राहत सामग्रीको संकलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी र व्यवस्थित बनाई वास्तविक पीडितसम्म समयमै पुर्‍याउनुपर्ने तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । 

उनले विपद्को प्रकृतिले प्रशासनिक सीमा नमान्ने हुँदा संघ, प्रदेश र स्थानीय तहबीच सूचना आदानप्रदान, स्रोत परिचालन र जिम्मेवारीसहितको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको अर्को बैठक भाद्र २३ गते मंगलबार बस्नेगरि स्थगित भएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : ३७ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था