पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू) « Khabarhub

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।

धादिङ, तनहुँ, गोरखा, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ मध्ये ७६ वटा शव मंगलबार व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको छ । ती शव पोखरा–१६ स्थित सेती नहर छेउको वनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको हो ।

१९ वटा शव पहिचान भएर आफन्तलाई जिम्मा लगाइएको र ७ वटा शव पोष्टमार्टम, डीएनए संकलन प्रक्रियाका लागि अस्पतालमै रहेको छ । 

सुरक्षा निकायले पहिचान भएका १९ वटाबाहेक सबै ८३ शव व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, पहिचानको क्रममा रहेका, पोष्टमार्टम र डीएनए संकलनको प्रक्रिया नसकिएकाले मंगलबार ७६ वटा शवमात्र व्यवस्थापन गरिएको छ । 

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ५५ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका