न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते « Khabarhub

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै एक जना पुरुष छुरा प्रहारबाट घाइते भएको प्रहरीले बताएको छ ।

न्युयोर्ककी प्रहरी आयुक्त जेसिका टिस्चले आक्रमणको वर्णन गर्दै क्वीन्स निवासी ४९ वर्षीय संदिग्धले दुई जनालाई छुराले प्रहार गरेको बताए  ।
 
अधिकारीहरूले उक्त घटना आतंकवादसँग सम्बन्धित भएको कुनै संकेत नभएको बताएका छन् । संदिग्धले पहिले वेस्ट ४१ स्ट्रीट र सेभेन्थ एभिन्यू नजिकै ६८ वर्षीय ती व्यक्तिलाई छुरा प्रहारको करिब २० सेकेन्डपछि ३२ वर्षीया महिलाको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । 

दुवै पीडितलाई उपचारका लागि बेलेभ्यु अस्पतालमा लगिएको तथा महिलाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ  भने घाइतेको उपचार भइरहेको छ । 

त्यसपछि संदिग्ध वन टाइम्स स्क्वायर नजिकैको एनवाइपीडी सबस्टेशन तिर भागेपछि अधिकारीले उनलाई बारम्बार छुरी फाल्न आदेश दिँदा पनि नमानरे छुरी समातेर अधिकारीतर्फ अघि बढेपछि, प्रहरी अधिकारी संदिग्ध विरुद्ध गोली चलाउन बाध्य भएको जनाइएको छ । 

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका संदिग्धको बेलेभ्यु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले प्रहरीले गोली हानाहानको अनुसन्धान गरिने बताएको छ भने अधिकारीहरूले छुरा प्रहारको कारण र उद्देश्यको अनुसन्धान जारी राखेका छन् ।
 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ५ : ०३ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा