बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति « Khabarhub

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गरी समन्वयात्मक रूपमा काम गर्ने सहमति जुटेको छ।

आज बसेको सर्वदलीय बैठकमा सबै तहमा राजनीतिक संयन्त्र गठन गरेर सहमतिका आधारमा विपद् व्यवस्थापनका काम अघि बढाउने विषयमा सहमति भएको नेकपाका नेता वर्षमान पुनले जानकारी दिए।

उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै राजनीतिक संयन्त्रले राहत, उद्धार तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउनेछ।

‘आजको बैठकको मुख्य उद्देश्य सबै तहमा राजनीतिक संयन्त्र बनाएर काम गर्ने सहमति गर्नु थियो। पछिल्लो समय सरकारले स्थानीय तहसँग समेत समन्वय गरेर काम गरिरहेको बुझेका छौँ। त्यसलाई थप प्रभावकारी बनाउन सबै तहमा राजनीतिक संयन्त्र बनाएर अघि बढाउने निष्कर्ष निकालेका हौँ,’ पुनले भने।

उनका अनुसार राहत वितरण, उद्धार तथा पुनर्स्थापनाका काम कति, कसरी र कुन प्राथमिकताका आधारमा गर्ने भन्ने विषयमा पनि राजनीतिक संयन्त्रले सहमतिका आधारमा निर्णय गर्नेछ।

बैठकमा सम्बन्धित निकाय तथा विज्ञहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका काम अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

त्यस्तै, सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुका साथै आवश्यक विज्ञ टोली परिचालन गर्ने विषयमा पनि बैठकमा नेताहरूले छलफल गरेका थिए।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ५ : ४५ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म