भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू) « Khabarhub

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म १ सय ७० वटा शव फेला परेका छन् । 

तीमध्ये ६८ शवको व्यवस्थापन, चार शवको सनाखत र ९८ शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पातालमा डीएनए नमुना संकलन गरेर ६८ वटा शव सुरक्षित तरिकाले जमिनमुनि व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

सुनवलको मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा व्यवस्थापन शव व्यवस्थापन गरिएको हो । सुनवलमा ठाउँ अभाव भएपछि बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वनको हाइटेनसन वरपर क्षेत्रमा व्यवस्थापन गर्न थालिएको छ ।

हालसम्म चिसापानीमा ३० वटा शव व्यवस्थापन गरिएको प्रजिअ नेपालले जानकारी दिए । फेला परेका शव परासी, बुटवल, भैरहवाका अस्पतालमा पठाइएको छ ।

सनाखत हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना छन् ।

भारतको कुशीनगर जिल्लास्थित खड्डा गण्डक नदीमा फेला परेका चार वटा शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा भारतीय पक्षले हस्तान्तरण गरेपछि अस्पातालमा राखिएको छ । योसँगै भारतमा फेला परेका शवको संख्या ९ पुगेको छ ।

तस्बिर : प्रदीप पाठक/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : २९ बजे

भारतको सहयोगमा चार वर्षअघि ठडिएको थियो त्रिशूलीको विद्यालय भवन, विद्यार्थी बचाएका हेडसरलाई दिए राजदूतले ढाडस

नुवाकोट- गत बुधबार बिहान नुवाकोटको विदुरमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक

दक्षिणढोका जंगलमा भोटेकोशी बाढीका बेवारिसे शव व्यवस्थापन (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा सनाखत हुन नसकेका बेवारिसे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि