चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर) « Khabarhub

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

असोज २० गतेभित्रै बत्ती बालेर केही चोकमा लाइट सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि लगातारको वर्षाका कारण उच्च भोल्टेज (हाइटेन्सन) लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको छ । यद्यपि, मौसममा सुधार आएसँगै दसैँअघि नै ६ वटै चोकका बत्ती पूर्ण रूपमा बालेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धीरज राउतका अनुसार कुल ६२ देखि ६६ वटा पोलहरूमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढीमा काम सम्पन्न भइसकेको छ । नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा भने चाँडै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी छ ।

६ मिटर आर्म भएका ७ मिटर अग्ला ‘भेक्युलर पोल’ र पैदलयात्रीका लागि सीधा ‘पेडेस्ट्रियन पोल’ प्रयोग गरिएको छ । यस आयोजनामा पारस बसपार्क क्षेत्रको काम सकिएलगत्तै बाँकी करिब ३० वटा पेडेस्ट्रियन पोल जडानको काम दुईदेखि तीन दिनभित्र भरतपुरभर नै सक्ने लक्ष्य छ । हाल मिटर हाल्ने, काउन्टर र कन्ट्रोल बक्स जोड्ने जस्ता अन्तिम चरणका काम भइरहेका छन् ।

यस आयोजनाअन्तर्गत भरतपुरका ६ वटा मुख्य चोकहरू पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, पारस बसपार्क र मालपोत चोक समेटिएका छन् । काउन्टर प्रणालीमा आधारित यी अत्याधुनिक बत्तीहरूले सीधा, दायाँ र बायाँ मोड्ने सवारीसाधनका साथै पैदलयात्रीका लागि समेत स्पष्ट सङ्केत प्रदान गर्नेछन् । यी बत्तीहरूको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाटै कम्प्युटर प्रविधिको सहायताले गरिनेछ र कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने कुराको नियन्त्रण र नियमन मिलाइनेछ ।

कुल १ करोड २३ लाख रुपैयाँमा एभरेस्ट टु सी– अमरज्योति जेभीले २०८२ साउन २० मा ठेक्का पाएको थियो । सम्झौताअनुसार चैत २० सम्ममा काम सक्नुपर्ने थियो । तोकिएको म्यादभित्र काम सम्पन्न हुन नसकेपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना समेत तिराउँदै कामलाई अगाडि बढाइएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले जानकारी दिए ।

निर्माण पक्षका इन्जिनियर राउतले काठमाडौँमा आन्दोलनका क्रममा तोडफोड भएका बत्ती तथा प्राविधिक संरचनाको मर्मत गर्नुपरेको, विभागबाट प्राविधिक लाइनअप पाउन समय लागेको र आवश्यक उपकरणहरू बाटोमै अड्किएका कारण प्रारम्भमा काम ढिला भएको दाबी गरे ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ९ : ५४ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका