एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज « Khabarhub

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।
 
यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ । आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रीप्सन पाउन सक्ने कम्पनीले जनाएको छ ।
 
योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन् । त्यसैगरी आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना नै उपभोग गर्न पाउने छन् ।
 
‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ। व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । ‘प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ ।’

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : ३८ बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य