राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा  « Khabarhub

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको अनौठो मिश्रण पस्किएको बलिउडको चर्चित हरर–कमेडी श्रृंखला फेरि फर्किने तयारीमा छ । 

तर राजकुमार राव र श्रद्धा कपुरलाई पुनः एउटै पर्दामा हेर्न चाहने दर्शकले भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ । ‘स्त्री ३’ अब सन् २०२८ मा मात्र प्रदर्शनमा आउने भएको छ ।

यसअघि फिल्म सन् २०२७ को अगस्टमा रिलिज हुने बताइएको थियो । तर निर्माता दिनेश विजनका अनुसार फिल्मको समयतालिका परिवर्तन भएको हो । 

उनका अनुसार निर्देशक अमर कौशिकले ‘स्त्री ३’को कथा लेखिसकेका छन् र अहिले निर्माणको अर्को चरणतर्फ जाने तयारी भइरहेको छ ।

अमर कौशिकले पहिले ‘महावतार’को काम पूरा गर्नेछन् । त्यसपछि सन् २०२७ को अन्त्यतिर ‘स्त्री ३’को छायांकन सुरु गर्ने तयारी छ । फिल्मलाई सन् २०२८ को स्वतन्त्रता दिवस वा क्रिसमसको अवसरमा दर्शकमाझ ल्याउने सम्भावना रहेको विजनले बताएका छन् ।

तर यसपटक ‘स्त्री’को कथा कस्तो हुनेछ ? निर्माण पक्षले यसको जवाफ भने अहिले नै दिन चाहेको छैन । विजनले फिल्ममा अघिल्ला श्रृंखलामा दर्शकले मन पराएका पक्षहरूलाई निरन्तरता दिइने संकेत गरेका छन् । तर कथाको सुरुवात र अन्त्य भने पूर्ण रूपमा नयाँ र अप्रत्याशित हुने उनको भनाइ छ ।

सन् २०१८ मा रिलिज भएको ‘स्त्री’ले हरर र कमेडीलाई फरक शैलीमा प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको थियो । त्यसको सफलतापछि सन् २०२४ मा आएको ‘स्त्री २’ले झनै ठूलो व्यावसायिक सफलता हासिल गर्‍यो । फिल्मले भारतमा ६ सय करोड भारुभन्दा बढी कमाइ गरेको थियो ।

अब ‘स्त्री ३’मार्फत यो सफल श्रृंखलाले नयाँ कथा र नयाँ ट्विस्टसहित दर्शकलाई फेरि डराउने र हँसाउने तयारी गरेको छ । 

राजकुमार राव र श्रद्धा कपुर मुख्य भूमिकामा रहने यो फिल्म म्याडडक फिल्म्सको हरर–कमेडी ब्रह्माण्डको अर्को महत्त्वपूर्ण अध्याय हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  २ : २७ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार