एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए « Khabarhub

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । 

यसबाहेक श्रीलंकाबाट सात हजार १०८, बंगलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानीस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन् ।

अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र  भियतनामबाट ६३७ पर्यटक नेपाल भित्रिएका हुन् ।

युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना मुलुकबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्व क्षेत्रबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्षको सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यसवर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटकको आवागमन सङ्ख्या बढे पनि गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण उल्लेख्य पर्यटक भित्रिन नसकेको बोर्डले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ३ : १९ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक