मनाङमा अलपत्र १६ पर्यटकको उद्धार « Khabarhub

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ । 

डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीमा ल्याइएको हो । 

अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए । अलपत्र परेका पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले बताए।

प्रहरीका अनुसार उद्धार गरिएका पर्यटकमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन् । 

लमजुङ ल्याइएपछि उनीहरू ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ प्रस्थान गरेका छन् । 

प्रहरीका अनुसार लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्ग तथा बेँसीसहर–चामे सडक प्रभावित भएपछि पर्यटकको आवतजावतमा समस्या भएको थियो । सडक तथा पदमार्गको अवस्था सहज नभएपछि उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी लमजुङ ल्याइएको हो । 

उद्धारका क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जनाको टोलीसमेत परिचालन गरिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ४७ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट