सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन « Khabarhub

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

मधेस प्रदेशस्थित नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउटपोष्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन्।

महानिरीक्षक पौडेलले सीमा सुरक्षा तथा समसामयिक विषयमा सम्बन्धित सरोकारवाला निकाय र सीमावर्ती स्थानीय बासिन्दासँग भइरहेको कामकारबाहीबारे जानकारी लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सो क्रममा उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ गर्न तथा उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न कमाण्डरहरूलाई निर्देशन दिए।

उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रणका लागि समयमै योजना बनाई सीमा अपराध र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुनसमेत निर्देशन दिए। साथै, कार्यसम्पादनलाई नतिजामुखी बनाउन उनले मातहतका सुरक्षा निकायलाई आग्रह गरे।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ७ : ४० बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको