काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
मधेस प्रदेशस्थित नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउटपोष्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन्।
महानिरीक्षक पौडेलले सीमा सुरक्षा तथा समसामयिक विषयमा सम्बन्धित सरोकारवाला निकाय र सीमावर्ती स्थानीय बासिन्दासँग भइरहेको कामकारबाहीबारे जानकारी लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सो क्रममा उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ गर्न तथा उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न कमाण्डरहरूलाई निर्देशन दिए।
उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रणका लागि समयमै योजना बनाई सीमा अपराध र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुनसमेत निर्देशन दिए। साथै, कार्यसम्पादनलाई नतिजामुखी बनाउन उनले मातहतका सुरक्षा निकायलाई आग्रह गरे।














प्रतिक्रिया