दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार « Khabarhub

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ ।

किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको जनाएको छ । यही असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ ।

दूधको गुणस्तर सुधारका लागि फ्याट तथा एसएनएफको मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकता दिइएको छ । सात दशमलव आठ प्रतिशतभन्दा कम एसएनएफ (दूधमा चिल्लो पदार्थबाहेक पाइने प्रोटिन, ल्याक्टोज, र खनिज पदार्थ) भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको छ ।

बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा मोहीको बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र ताजा दूध २१ प्रतिशतले वृद्धि भएको छ । दैनिक बिक्री राजस्व करिब रु ९० लाख पुगेको छ भने काठमाडौँ उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व रु एक करोड २० लाख पुर्‍याउने लक्ष्य राखेको छ ।

खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिकटन घ्यू निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० किलो ध्यू निर्यात गरिएको संस्थानले जनाएको छ । संस्थानले खर्च नियन्त्रणका लागि कम दूध सङ्कलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी सङ्घबाट सिधैँ दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनमा जोड दिने नीति अघि बढाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ४४ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान