बाँध भत्किएपछि जलेश्वर जलमग्न « Khabarhub

बाँध भत्किएपछि जलेश्वर जलमग्न


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । मङ्गलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर आज बजारक्षेत्र जलमग्न भएको छ ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ । “बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,” महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भने, “बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।”

गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताए ।

बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ९ : ४७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको