एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन् ।

यसअघिका खेलमा जनकपुरले एकमा जित र एकमा हार बेहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौँ गोर्खाजलाई हराएको थियो ।

यस्तै, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ७ : ४८ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल