नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त « Khabarhub

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो । यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । 

यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको छ । सटीकता, उत्कृष्ट कार्यसम्पादन, विश्वसनीयता र दृढ संकल्पजस्ता गुणहरू फ्रीमांसका पहिचान हुन्। नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको छ।

यस सहकार्यका बारेमा प्रतिक्रिया दिँदै एफ एम आई लिमिटेड(फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले भने, ‘फ्रीमांसका लागि नेपाल एक महत्त्वपूर्ण र रणनीतिक मार्केट हो। हाम्रो लक्ष्य यहाँ आफ्ना उत्पादन उपलब्ध गराउनु मात्र होइन। हामी नेपाललाई बुझ्ने, नेपाली मार्केटप्रति प्रतिबद्ध र आफ्ना साझेदार एवम् ग्राहकहरूको विकासमा सक्रिय योगदान पुर्‍याउने ब्रान्डका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छौं। दीपेन्द्र सिंह ऐरीले महत्त्वाकाङ्क्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको सशक्त प्रतिनिधित्व गर्छन्। उनलाई फ्रीमांस परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। साथै, हामीले उनीसँगको यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन बन्ने अपेक्षा गरेका छौँ।’

दीपेन्द्र सिंह ऐरीले भने, ‘फ्रीमांससँग जोडिन पाउँदा म निकै खुसी छु। गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित यस ब्रान्डसँग यसको नेपाली बजारको यात्रामा हिस्सा बन्न पाउँदा उत्साहित छु। मैले फ्रीमांस सँगको सहकार्य मार्फत नेपाली उपभोक्ता र व्यवसायीहरूसँग यस ब्रान्डको सम्बन्ध स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा गरेको छु ।’

फ्रीमांसले मेजरिंग टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिंग व्हिल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिंग टुल्स, डिजिटल मेजरिंग टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको छ । यसबाट कम्पनीले व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा आम उपभोक्ताका लागि आवश्यक पर्ने विभिन्न समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १२ : १२ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको