भारतमा फेरि प्रदर्शन « Khabarhub

भारतमा फेरि प्रदर्शन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै आइतबार हजारौं मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध गत एक महिनाभन्दा बढी समयदेखि विपक्षी दलहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।

भारतीय कांग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा जारी यस प्रदर्शनमा सहभागीहरूले मतदाता नामावलीमा संशोधन गरिँदा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुर्‍याएको आरोप लगाएका छन् । विश्लेषकहरूका अनुसार सन् २०१४ मा सत्तामा आएयता मोदीका लागि यो विरोध प्रदर्शन र विपक्षीप्रति बढ्दो जनसमर्थन सबैभन्दा ठूलो संकट बनेको छ । यद्यपि सरकार हाललाई स्थिर छ र अर्को आम निर्वाचन सन् २०२९ मा मात्र हुनेछ ।

विपक्षी दलहरूको यस प्रदर्शनलाई मध्यनजर गर्दै अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पार्नुका साथै यातायात मार्ग परिवर्तन गरेका थिए। मध्य दिल्लीबाट ऐतिहासिक रामलीला मैदानसम्म निकालिएको मार्चमा सयौं सुरक्षाकर्मीहरू लाठी, ढाल र दङ्गा नियन्त्रण गर्ने सवारी साधनसहित तैनाथ गरिएका थिए। राष्ट्रिय तथा पार्टीका झण्डा बोकेका हजारौं मानिसहरू खुला जीपमा सवार विपक्षी नेताहरूको नेतृत्वमा रामलीला मैदानतर्फ अगाडि बढेका थिए ।

रामलीला मैदानमा जम्मा भएका हजारौं प्रदर्शनकारीमध्ये कांग्रेसको विद्यार्थी संगठनकी सदस्य रीना महतोले आफ्नो परिवारका चार जनाको नाम मतदाता सूचीबाट हटाइएको दुखेसो पोखिन् । उनीहरू अन्यत्र सरेको झूटो दाबी गर्दै छत्तिसगढको जगदलपुरमा लामो समयदेखि बसोबास गर्दै आएको आफ्नै घरबाट अचानक नाम हटाइएको र यसको जवाफदेहिता खोज्न आफूहरू प्रदर्शनमा आएको उनले रोयटर्सलाई बताइन्।

मतदाता नामावलीमा गरिएको उक्त परिवर्तनले जापानको जनसङ्ख्याभन्दा बढी अर्थात् १३ करोडभन्दा बढी नामहरू हटाएको छ। विपक्षी दलहरूको आरोप छ कि यो नाम हटाउने क्रममा बीजेपीलाई समर्थन नगर्ने मुस्लिम मतदाताहरू र अन्य अल्पसंख्यकहरूलाई असमान रूपमा प्रभावित गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ४ : ०१ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड