काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर जनकपुरले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा जनकपुरले दोस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर २ बलमा जनकपुरका सैफ हसन आउट भए । उनलाई पोखराका शकिब अल हसनले बोल्ड गरे ।
आउट हुनुअघि उनले ९ बलमा १ रन जोडे ।
लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।
लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।
यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।















प्रतिक्रिया