जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य « Khabarhub

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार जारी खेलमा जनकपुरले पोखरासामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७रन बनायो ।

जनकपुरका लागि तृतराज दासले ६१ रनको योगदान दिए । ५५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, अभिषेक तिवारीले १० बलमा २४ रन तथा मोइन अलीले १६ बलमा २१ रन बनाए ।

बलिङतर्फ पोखराका बंगलादेशी लेजेण्ड शाकिब अल हसन एक्लैले ३ विकेट लिए । चमिका करुणारत्नेले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।

लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।

लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।

यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : ३८ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको