पोखराले गुमायो छैठौँ विकेट « Khabarhub

पोखराले गुमायो छैठौँ विकेट


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार जारी खेलमा जनकपुरले पोखरासामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पोखराले छैठौँ विकेट गुमाएको छ । खेलको १२ ओभर २ बलमा पोखराका किरण ठगुन्ना आउट भए ।

उनी ५ बल खेलेर १५ रन जोड्दै उनी हर्मित सिंहको बलमा आउट भएका हुन् । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।

जनकपुरका लागि तृतराज दासले ६१ रनको योगदान दिए । ५५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, अभिषेक तिवारीले १० बलमा २४ रन तथा मोइन अलीले १६ बलमा २१ रन बनाए ।

बलिङतर्फ पोखराका बंगलादेशी लेजेण्ड शाकिब अल हसन एक्लैले ३ विकेट लिए । चमिका करुणारत्नेले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।

लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।

लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।

यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ७ : ५९ बजे

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन

भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने