काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार जारी खेलमा जनकपुरले पोखरासामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जवाफी ब्याटिङ गरिरहेको पोखराले सातौँ विकेट गुमाएको छ । खेलको १३ ओभर २ बलमा पोखराका मोहम्मद सैफुद्दिन आउट भए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
जनकपुरका लागि तृतराज दासले ६१ रनको योगदान दिए । ५५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, अभिषेक तिवारीले १० बलमा २४ रन तथा मोइन अलीले १६ बलमा २१ रन बनाए ।
बलिङतर्फ पोखराका बंगलादेशी लेजेण्ड शाकिब अल हसन एक्लैले ३ विकेट लिए । चमिका करुणारत्नेले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।
लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।
लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।
यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।













प्रतिक्रिया