एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार « Khabarhub

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो ।

यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गराएको छ भने पोखराले लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । पोखरा ९ रनले पराजित भयो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ५ चौका प्रहार गरे । बिपिन आचार्यले २० तथा बिपिन खत्रीले अविजित १७ रन जोडे । किरण ठगुन्नाले १५ रन बनाए ।

पोखरालाई कम स्कोरमा रोक्न जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कप्तान हरमित सिंह र सैफ हसनले २–२ विकेट लिए । जिमी निसम र ललित राजवंशीले १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मोइन अलीले १६ बलमा २१ रन बनाउँदा अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन जोडे ।

पोखराका शाकिब अल हसनले ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन मात्रै खर्चिए । चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले १–१ विकेट लिए ।

यो जितसँगै जनकपुरले प्रतियोगितामा दोस्रो जित निकालेको छ । यसअघि जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ९ : ०७ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले