अवरुद्ध बिपी राजमार्ग सञ्चालन « Khabarhub

अवरुद्ध बिपी राजमार्ग सञ्चालन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो पन्छाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएका छन् ।

शुक्रबार र शनिबारको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि आवागमन अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो । सडक खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो ।

रोशी गाउँपालिका(९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि पुनःयातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ९ : २७ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले