आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते « Khabarhub

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।

मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी बराल, ७३ वर्षीय लीलाधर बराल घाइते भएका छन् ।

यस्तै, पर्साको सखुवा पर्सौनी बस्ने ३५ वर्षीया सपना चौधरी, कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ, ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडीगाड–७ बस्ने २५ वर्षीय विपिना विक, महोत्तरी बलवा नगरपालिका–७ बस्ने ३६ वर्षीय रुपेश मिश्र घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय विकास ठकुरी, बन्दीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीया सृजना अछामी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर