काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न उनी आइतबार नेपाल आएका हुन् ।
वार्नरले यस संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्नेछन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप बलियो हुने अपेक्षा गरिएको छ ।
काठमाडौं गोर्खाजले वार्नरलाई सोमबार हुने कर्णाली याक्सविरुद्धको खेलमा मैदान उतार्ने तयारी गरेको छ । त्यसैले एनपीएलमा वार्नरको प्रदर्शन हेर्न नेपाली क्रिकेटप्रेमी उत्साहित छन् ।

३९ वर्षीय वार्नर अस्ट्रेलियाका अनुभवी ओपनर हुन् । उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा दुई पटक एकदिवसीय विश्वकप र एक पटक टी–२० विश्वकप जितेका छन् । आईपीएलमा समेत उनको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ ।
वार्नरको आगमनलाई एनपीएलकै आकर्षक विदेशी खेलाडीमध्ये एकको आगमनका रूपमा हेरिएको छ ।






















प्रतिक्रिया