टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ? « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का लागि टिमको घोषणा गरेको छ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

अफगानिस्तानको टोलीमा कप्तान राशिदसँगै मोहम्मद नबी, नूर अहमद, अब्दुल्लाह अहमदजाई, सिदिकुल्लाह अतल, फजलहक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन उल हक, मोहम्मद इसहाक, शाहिदुल्लाह कमाल, गुलबदिन नाइब, अजमतुल्लाह उमरजाई, मुजीब उर रहमान, दारविश रसूली र इब्राहिम जद्रान छन्। अफगानिस्तानले रिजर्भ खेलाडीमा एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरिफीलाई राखेको छ।

अघिल्लो सिजन सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र यूएईसँग समूह ‘डी’ मा छ।

अफगानिस्तानले विश्वकप अगाडि वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ। विश्वकप घोषणा भएको टिमले नै यो शृङ्खला खेल्ने समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : ३० बजे

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ