टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ? « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का लागि टिमको घोषणा गरेको छ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

अफगानिस्तानको टोलीमा कप्तान राशिदसँगै मोहम्मद नबी, नूर अहमद, अब्दुल्लाह अहमदजाई, सिदिकुल्लाह अतल, फजलहक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन उल हक, मोहम्मद इसहाक, शाहिदुल्लाह कमाल, गुलबदिन नाइब, अजमतुल्लाह उमरजाई, मुजीब उर रहमान, दारविश रसूली र इब्राहिम जद्रान छन्। अफगानिस्तानले रिजर्भ खेलाडीमा एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरिफीलाई राखेको छ।

अघिल्लो सिजन सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र यूएईसँग समूह ‘डी’ मा छ।

अफगानिस्तानले विश्वकप अगाडि वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ। विश्वकप घोषणा भएको टिमले नै यो शृङ्खला खेल्ने समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : ३० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक