सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु « Khabarhub

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। सशस्त्र प्रहरीका अनुसार गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको दुई वटा अटो सिटी सफारी चेकजाँच गर्न खोज्दा एउटा अटोमा सवार व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको खुलेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एसएलआरबाट पाँच राउन्ड गोली चल्दा सिटी चालक लौकलीका अन्दाजी ४५ वर्षीय विजयको घटनास्थलमै मृत्यु भएको हो ।

सिटी चालकको मृत्यु भएपछि उक्त स्थानमा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएका छन् । स्थानीयको भीड बढेपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिन रिजर्भ टोलीले दुई सेल अश्रु ग्यास फालेर तितरवितर पारेको छ ।

यता प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : २९ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको