दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय   « Khabarhub

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् । 

भारतीय मिडिया अनुसार यो जोडी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा दुवै परिवार र नजिकका साथीहरूको उपस्थिति विवाह समारोह गर्ने तयारीमा छ ।  विवाहपछि यी जोडीले हैदराबादमा चलचित्र उद्योगका सदस्यहरूको लागि भव्य रिसेप्सन भोज आयोजना गर्ने सम्भावना पनि छ ।

गत अक्टोबर ३ मा उनीहरूको इन्गेजमेन्ट सम्पन्न भएको थियो, जसमा परिवारका सदस्यहरू मात्र सहभागी थिए । यद्यपि, विजय र रश्मिकाले अहिलेसम्म विवाहको मितिबारे आधिकारिक पुष्टि गरेका छैनन् । 

पर्दामा पनि यो जोडी अत्यन्तै लोकप्रिय छ । उनीहरूले सँगै काम गरेका ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता चलचित्रहरू व्यावसायिक रूपमा सफल भएका थिए । 

हाल विजय चलचित्र ‘किङडम’ मा देखिएका छन् भने रश्मिका सलमान खानको ‘सिकन्दर’, आयुष्मान खुरानाको ‘थामा’ र तेलुगु चलचित्र ‘द गर्लफ्रेन्ड’ मा सक्रिय छिन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १२ : २८ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित