जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्… « Khabarhub

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठले ब्रेकअपपछि सहाकार्य गरेको पहिलो फिल्म हो, ‘भाइरल गोर्खे’ ।

गत वर्षको अन्तिममा जब सौगात-श्रृष्टिको सम्बन्ध बिग्रिएको चर्चा चल्यो, त्यही बेला उनीहरुले यो फिल्म साइन गरेका हुन् । त्यही बेलादेखि उनी दुवै ‘सहमतिमा सम्बन्ध तोडेको’ बताउँदै आएका छन् । सार्वजनिक स्थानमा पनि उनीहरु भेट सौहार्द नै देखिन्छ ।

‘भाइरल गोर्खे’को ट्रेलर रिलिज कार्यक्रममा श्रृष्टिलाई ब्रेकअपपछि सौगातसँग काम गर्दाको अनुभव सोधिएको थियो । उनले जवाफमा ‘सौगात दाइसँग काम गर्दा सहज नै भएको’ जवाफ फर्काइन् ।

श्रृष्टिले पूर्वप्रेमीलाई ‘दाइ’ भनेर सम्बोधन गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । दर्शकहरुलाई यो कुरा रोचक पनि लागेको देखिन्छ । केही दर्शकले ‘सम्बन्ध छुट्यो भनेर दाइ भन्दै सम्बोधन गरी सौगातको चित्त नदुखाएको भए हुने’ भन्ने प्रतिक्रियसमेत लेखेका छन् ।

यसले पनि यो जोडीको बिछोडलाई धेरै दर्शकले सुखद नमानको प्रष्ट हुन्छ ।

सौगातले ब्रेकअपपछि पनि सहकार्य गर्नु भनेको आफ्नो व्यवसायिक चरित्र रहेको उनले प्रस्टाइन् । उनले भनिन्, ‘काम र सम्बन्ध छुट्याएर नै हेर्नुपर्थ्यो । महत्त्वपूर्ण कुरा मैले टिम र स्टोरी राम्रो लागेर नै फिल्म गरेको हो । यो म र हाम्रो सम्बन्धको कुरा होइन, यो त्योभन्दा ठूलो छ ।’

कार्यक्रममा सौगातलाई ‘चुम्बन’बारे पनि सोधिएको थियो । ट्रेलरमा सौगात र श्रृष्टिले चुम्बन गरेको दृश्य राखिएपछि यो प्रश्न गरिएको थियो ।

नायिक–नायिकाले दृश्यका लागि चुम्बन गर्नु सामान्य हो । तर, सौगात र श्रृष्टिले ब्रेकअपपछि पहिलो सहकार्य गरेको फिल्मै चुम्बनको दृश्यको संयोग परेछ ।

सोहीकारण सौगाततर्फ प्रश्न तेर्सियो, ‘चुम्बनको दृश्य वास्तविक हो कि, एआईको प्रयोग हो ?’

यो प्रश्नले कार्यक्रम स्थलमा हाँसो फैलियो । सौगात र श्रृष्टि पनि हाँसे ।

सौगातले जवाफ दिए, ‘यो दृश्यको माग थियो । प्रविधिको प्रयोग गरिहाल्नुपर्ने दृश्य होइन ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : ४४ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय