एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक « Khabarhub

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म ‘प्रतिवैरम’ टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो ।

मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित कथामा यो फिल्म बनेको टिजरले प्रष्ट पारेको छ ।

सार्वजनिक टिजरमा बोर्डर छेउ हुने अपराध, दाइजो र दाजु बहिनीको प्रेम सम्बन्ध देखाउन खोजिएको छ ।

निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो ।

यही फिल्मबाट सम्राट दासले केन्द्रीय नायकका डेब्यू गरेका छन् । फिल्ममा उनीसहित सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाह, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाललगायतको अभिनय रहेको छ ।

रेज इन्टरटेनमेन्टले किङ वाइटीसँगको सहकार्यमा यो फिल्म बनेको हो । कथा निर्देशक दास आफैँले लेखेका हुन् ।

निर्माण पक्षले यो फिल्म २०८३ सालको जेठमा प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ ।

टिजरको लिंक :

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : १३ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित