सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण « Khabarhub

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रविन कडरियाका अनुसार गत वर्ष कुल दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र आएका छन् ।

उनका अनुसार सन् २०२४ मा कूल दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । साथै सन् २०२३ मा एक लाख ९१ हजार ६६६ जना र सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ जना पर्यटकले भ्रमण गरेका थिए ।

अन्नपूर्ण क्षेत्र अन्नपूर्ण प्रथम हिमालदेखि कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

विशेष गरी पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण क्षेत्र पछिल्लो समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद अचार्यले जानकारी दिए ।

सन् २०२५ मा विभिन्न चुनौतीका बाबजुद पर्यटकको आगमन भने उत्साहजनक नै भएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताका कारण पर्यटकहरू लोभिने गरेका छन् ।

तथ्याङ्कअनसार गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने त्यसपछि क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ८ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले