वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो « Khabarhub

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको ६ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोडबराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ११ : ०९ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६