सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने « Khabarhub

सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डका राखिने भएको छ ।

चलचित्र पत्रकार संघ नेपालका सचिव रघुनाथ सापकोटाका अनुसार सिटौलाको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट निकालेर बोर्डमा लगिनेछ ।

आइतबार साढे २ देखि ३ बजेसम्म त्यहाँ राखेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने उनले बताए । सिटौलालाई आइतबार १२ : ४५ बजे ग्रान्डी अस्पतलालले मृत घोषित गरिसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग चुनावी प्रचारमा हिँड्दा सिटौला अछाममा बेहस भएर ढलेका थिए । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतसम्म र त्यहाँबाट स्काई ट्रकममा काठमाडौं ल्याइ ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष हुन् । पछिल्लो समय फिल्महरूको मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले सिने अनलाइन पनि चलाउँदै आएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ०९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको