‘आहा–रारा कप’ को तयारी पूरा « Khabarhub

‘आहा–रारा कप’ को तयारी पूरा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । 

प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरालगायत सहभागी हुनेछन् ।

यसैगरी, भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई समूह तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले पुरस्कार राशिमा वृद्धि गरेको उनले बताए । प्रतियोगिताको विजयी टोलीलाई १४ लाख एक हजार, उपविजेतालाई सात लाख एक हजार प्रदान गरिनेछ । 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : २४ बजे

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ