एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए « Khabarhub

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । 

जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए । 

यस्तै, चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए ।

दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए । 

अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए । 

मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए । रासस
 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ३९ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन