रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की « Khabarhub

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी टावर’ बाहिर फायरिङ भएपछि फिल्म उद्योगमा सनसनी फैलिएको छ ।

जानकारी अनुसार बिहान सबेरै दुई जना बाइकमा आएका हमलावरले घरबाहिर ३–४ राउन्ड गोली प्रहार गरी फरार भएका थिए । यस घटनामा कोही पनि घाइते भएका छैनन् ।

भारतीय मिडिया अनुसार, सुरुमा कसैले जिम्मेवारी नलिए पनि केही घण्टापछि ग्याङस्टार लरेन्स बिश्नोईको गिरोहले यस फायरिङको जिम्मेवारी लिएको दाबी गरेको छ । 

सामाजिक सञ्जालमा भाइरल भएको पोस्टमा बिश्नोई गिरोहका सदस्य शुभम लोंकर र आरजू बिश्नोईको नाम उल्लेख गर्दै रोहित शेट्टीलाई चेतावनी दिइएको छ । 

पोस्टमा ‘हाम्रो काममा दखल नदिनु’ भन्दै नमानिए थप गम्भीर परिणाम भोग्नुपर्ने धम्कीसमेत दिइएको छ। साथै सम्पूर्ण बलिउड उद्योगलाई पनि चेतावनी दिइएको छ।

पोस्ट भाइरल भएपछि मुम्बई प्रहरी र क्राइम ब्रान्च सतर्क बनेका छन् । घटनास्थलमा फरेन्सिक टोली पुगेर अनुसन्धान गरिरहेको छ भने वरपरका सिसिटिभी फुटेजहरू जाँच भइरहेका छन् । 

यस घटनाले फिल्म उद्योगमा सुरक्षा चिन्ता थप गहिरिएको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ३१ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,