रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की « Khabarhub

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी टावर’ बाहिर फायरिङ भएपछि फिल्म उद्योगमा सनसनी फैलिएको छ ।

जानकारी अनुसार बिहान सबेरै दुई जना बाइकमा आएका हमलावरले घरबाहिर ३–४ राउन्ड गोली प्रहार गरी फरार भएका थिए । यस घटनामा कोही पनि घाइते भएका छैनन् ।

भारतीय मिडिया अनुसार, सुरुमा कसैले जिम्मेवारी नलिए पनि केही घण्टापछि ग्याङस्टार लरेन्स बिश्नोईको गिरोहले यस फायरिङको जिम्मेवारी लिएको दाबी गरेको छ । 

सामाजिक सञ्जालमा भाइरल भएको पोस्टमा बिश्नोई गिरोहका सदस्य शुभम लोंकर र आरजू बिश्नोईको नाम उल्लेख गर्दै रोहित शेट्टीलाई चेतावनी दिइएको छ । 

पोस्टमा ‘हाम्रो काममा दखल नदिनु’ भन्दै नमानिए थप गम्भीर परिणाम भोग्नुपर्ने धम्कीसमेत दिइएको छ। साथै सम्पूर्ण बलिउड उद्योगलाई पनि चेतावनी दिइएको छ।

पोस्ट भाइरल भएपछि मुम्बई प्रहरी र क्राइम ब्रान्च सतर्क बनेका छन् । घटनास्थलमा फरेन्सिक टोली पुगेर अनुसन्धान गरिरहेको छ भने वरपरका सिसिटिभी फुटेजहरू जाँच भइरहेका छन् । 

यस घटनाले फिल्म उद्योगमा सुरक्षा चिन्ता थप गहिरिएको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ३१ बजे

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन

राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती