राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत « Khabarhub

राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले एक तथा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । 

श्री भगवतीका तर्फबाट एकमात्र गोल अजित लामाले गरेका थिए । जितसंगै ५ खेल खेलेको आर्मीको ११ अंक भएको छ भने समान खेल खेलेको श्री भगवतीको ४ अंक रहेको छ ।

त्यस्तै आइतबार नै भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

 सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजलाई जित दिलाउन बविन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।

जितसंगै ५ खेल खेलेको प्लानिङ ब्वाइजले १० अंक जोडेको छ भने समान खेल खेलेको काँक्रे बिहार क्लब अंकबिहीन अवस्थामा रहेको छ । 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका