प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ « Khabarhub

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डाका लागि पुराना नेताहरूको भीडमा नरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरमा रहेको बताएका छन् ।

‘धेरैलाई लाग्न सक्छ-म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन,’ उनले भने, ‘देशलाई बन्धक बनाउने सत्ता भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्नँ। म फरक छु, यो प्रमाणित गरेर छाड्नेछु।’

आफ्नो काम र निष्ठाको मूल्याङ्कन तत्काल नभई भविष्यले गर्ने उनले बताए । ‘मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ’, उनले भावुक हुँदै भने ।

प्रचण्डले राजनीतिक यात्रामा आफूले गुमाउने जति सबै गुमाइसकेको बताएका छन्। ‘यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भनेका छन्, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्नेमा विश्वस्त छु। परिवर्तन अनिवार्य छ, भएरै छाड्नेछ।’

जेन-जीसहितका युवाहरूले उठाउँदै आएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका मुद्दाका सवाल युद्धकालदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले अहिलेको भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उपयुक्त हुने बताएका छन्।

‘मेरो र युवाहरूको माग एउटै हो। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,’ उनले भने, ‘खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्न। देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’

उनले आफू हार मान्न तयार नरहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई स्वागत गर्ने पनि बताएका छन्। ‘हरेक चम्किलो वस्तु हिरा हुँदैन। सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ,’ उनले भने, ‘म स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ, भोट माग्न होइन।’

संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभाका उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनअघि नेकपा एमालेबाट केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह र नेपाली कांग्रेसबाट गगन थापा प्रधानमन्त्रीको दौडमा हुँदा प्रचण्डले त्यसबाट आफूलाई अलग राखेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ५८ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको