प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ « Khabarhub

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डाका लागि पुराना नेताहरूको भीडमा नरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरमा रहेको बताएका छन् ।

‘धेरैलाई लाग्न सक्छ-म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन,’ उनले भने, ‘देशलाई बन्धक बनाउने सत्ता भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्नँ। म फरक छु, यो प्रमाणित गरेर छाड्नेछु।’

आफ्नो काम र निष्ठाको मूल्याङ्कन तत्काल नभई भविष्यले गर्ने उनले बताए । ‘मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ’, उनले भावुक हुँदै भने ।

प्रचण्डले राजनीतिक यात्रामा आफूले गुमाउने जति सबै गुमाइसकेको बताएका छन्। ‘यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भनेका छन्, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्नेमा विश्वस्त छु। परिवर्तन अनिवार्य छ, भएरै छाड्नेछ।’

जेन-जीसहितका युवाहरूले उठाउँदै आएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका मुद्दाका सवाल युद्धकालदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले अहिलेको भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उपयुक्त हुने बताएका छन्।

‘मेरो र युवाहरूको माग एउटै हो। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,’ उनले भने, ‘खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्न। देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’

उनले आफू हार मान्न तयार नरहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई स्वागत गर्ने पनि बताएका छन्। ‘हरेक चम्किलो वस्तु हिरा हुँदैन। सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ,’ उनले भने, ‘म स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ, भोट माग्न होइन।’

संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभाका उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनअघि नेकपा एमालेबाट केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह र नेपाली कांग्रेसबाट गगन थापा प्रधानमन्त्रीको दौडमा हुँदा प्रचण्डले त्यसबाट आफूलाई अलग राखेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ५८ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका