टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय « Khabarhub

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने समूह चरणको खेल नखेल्ने निर्णय गरेको छ। पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ खाताबाट जारी सूचनामा फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको खेलमा टोली मैदानमा नउत्रिने स्पष्ट पारिएको हो ।

सरकारी वक्तव्यमा पाकिस्तान टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति दिइएको उल्लेख छ, तर भारतसँगको खेलमा सहभागिता नहुने बताइएको छ। पोस्टमा भनिएको छ, ‘पाकिस्तान सरकार पाकिस्तान क्रिकेट टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिन्छ, तर भारतविरुद्ध फेब्रुअरी १५ मा हुने खेल खेलिने छैन।’

यस निर्णयको पछाडि के कारण छ भन्ने विषयमा सरकारले कुनै औपचारिक कारण खुलाएको छैन। तर पछिल्लो समय भारतमै आयोजना हुने प्रतियोगितालाई लिएर पाकिस्तानको असन्तुष्टि बढ्दै गएको देखिन्छ।

यसअघि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले उसलाई प्रतियोगिताबाट हटाएको थियो।

त्यस घटनापछि पाकिस्तानले बंगलादेशको समर्थन गर्दै सरकारसँग छलफलपछि मात्र सहभागिताबारे निर्णय लिने संकेत दिएको थियो।पाकिस्तानले आईसीसीले भारतलाई प्राथमिकता दिएको आरोप लगाउँदै आएको छ।

भारतसँगको खेल बहिष्कार गरे पनि पाकिस्तानले समूह ‘ए’ का अन्य खेल भने खेल्नेछ। पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने तालिका छ। त्यसपछि फेब्रुअरी १० मा अमेरिकासँग र फेब्रुअरी १८ मा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : ४१ बजे

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा