इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग « Khabarhub

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज स्ट्रेट बन्द गरिदिएको छ।

इरानको रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा रहेका जहाजहरूलाई हाई–फ्रिक्वेन्सी रेडियो सन्देश पठाउँदै यस रणनीतिक समुद्री मार्गबाट नजान चेतावनी दिएको हो।

होर्मुज जलमार्गलाई विश्वव्यापी तेल र ग्यास आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ। यो एक साँघुरो जलमार्ग हो, जसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अगाडि अरब सागरसँग जोड्छ।

यसको उत्तरतर्फ इरान पर्छ भने दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। वरपरका सबै देश तेल उत्पादक भएकाले यही जलमार्गबाट विश्वभर तेल आपूर्ति हुने गर्दछ।

होर्मुज जलमार्गमध्ये करिब १६७ किमी लामो छ। यसको दुवै मुख करिब ५० किमी चौडा छन्, जबकि सबैभन्दा साँघुरो भाग करिब ३३ किमी चौडा छ। समुद्री आवागमनका लागि यसमा तीन किमी चौडाइको शिपिङ लेन निर्धारण गरिएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : १८ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको