यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण « Khabarhub

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ । अमेरिका र इजरायलको हमलाको जवाफमा इरानले ड्रोन र मिसाइल आक्रमण गरेको हो ।

यी आक्रमणमा इजरायलसहित मध्यपूर्वका ९ देशलाई निशाना बनाइएको छ।

इरानले इजरायलतर्फ करिब ४०० मिसाइल प्रहार गरेको छ । कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरब तथा यूएईमा रहेका अमेरिकी ब्यारेकलाई पनि निशाना बनाएको छ।

यति मात्रै होइन, इरानले यूएईको सबैभन्दा धेरै जनसंख्या भएको सहर दुबईमा पनि हमला गरेको छ।

इरानले दुबईको पाम होटल एन्ड रिसोर्ट र बुर्ज खलिफा नजिक ड्रोन आक्रमण गरेको छ। यसका साथै बहराइनमा धेरै आवासीय भवनलाई पनि निशाना बनाइएको उल्लेख छ।

के हो विवाद

१. परमाणु कार्यक्रम : अमेरिकालाई इरानले परमाणु हतियार बनाउन खोज्न सक्ने शंका छ। यही कारणले उसले पटकपटक इरानमाथि प्रतिबन्ध लगाएको छ। इरान भने आफ्नो परमाणु कार्यक्रम केवल विद्युत उत्पादन र वैज्ञानिक अनुसन्धानका लागि भएको दाबी गरिरहन्छ।

२. ब्यालिस्टिक मिसाइल मुद्दा : परमाणु सम्झौतासम्बन्धी वार्तामा इरानको मिसाइल कार्यक्रम सबैभन्दा ठूलो अवरोध बनेको छ।

इरान उसका ब्यालिस्टिक मिसाइलहरू राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको बताइरहन्छ । यस विषयमा कुनै सम्झौता नहुने उसको अडान छ। यसलाई उसले आफ्नो ‘रेड लाइन’ मान्छ।

३. इजरायललाई लिएर टकराव : अमेरिका, इजरायलको सबैभन्दा ठूलो समर्थक हो। उता इरानले इजरायलको खुला विरोध गर्दै उसमाथि क्षेत्रमा अस्थिरता फैलाएको आरोप लगाउँछ। यही कारणले दुवै देशबीच तनाव बढ्दै जान्छ।

४. मध्यपूर्वमा हस्तक्षेप : अमेरिका इरानले इराक, सिरिया, लेबनान र यमनजस्ता देशमा आफ्ना समर्थक समूहलाई सहयोग गरेर आफ्नो प्रभाव विस्तार गरिरहेको बताउँछ ।

इरान भने आफूले आफ्ना हित र सहयोगीको रक्षा गरिरहेको बताउँछ।

५. आर्थिक प्रतिबन्ध : अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ, जसले उसको अर्थतन्त्रमा असर पारेको छ।

यसको जवाफमा इरानले कहिलेकाहीँ आफ्नो परमाणु कार्यक्रम तीव्र पार्ने वा कडा अभिव्यक्ति दिने जस्ता कदम चाल्ने गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ५३ बजे

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा

झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न

कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी

रास्वपा कर्णाली प्रदेशमा पहिरो : प्रदेश महामन्त्री र जिल्ला सभापति कांग्रेसमा प्रवेश

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका महामन्त्री चन्द्रा

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।